समाचार

दाङमा देखियो भारतबाट पसेको सलहको नयाँ झुण्ड

salaha nepal

दाङ, असार २८ –

दाङको अन्न भण्डार मानिने देउखुरी उपत्यकामा पुनः सलह किराको नयाँ झुण्ड देखिएको छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा किसान लगाएको मकैबालीमा नयाँ सलह किरा देखापरेको हो ।

पहिलेको भन्दा ठूलो संख्यामा सलह प्रवेश गरेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जानकारी दिए । सलह पुन गाउँमा छिरेपछि कृषकहरु त्रसित बनेका छन् ।

कृषकहरुले भाडाँ ठटाएर, धुँवा बनाएर सलह भगाउने प्रयास गरेका छन् ।

पश्चिमबाट पूर्वतर्फ हावा लागेकाले किरा पूर्वतर्फ गइरहेकाे धितालले बताए । यसअघि आएको सलह किराले दाङ जिल्लामा झण्डै ६ सय हेक्टर जमिनमा लगाएको धान, मकै र तरकारी बालीमा क्षति पुर्‍याएको थियो ।

https://www.facebook.com/basudev.nyaupane/videos/10217880104249338/

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस