काठमाडौं, असार २८ –
भारतीय मिडियामा आएका समाचारलाई लिएर नेपाल सरकारले भारत सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएको छ । आज परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत भारत सरकारलाई ध्यानाकर्षण पत्र पठाएको हो ।
पत्रमा नेपाल र यहाँका प्रधानमन्त्रीको बारेमा आएका समाचारहरु आधारहिन, कपोकल्पि, बनावटी रहेको र त्यसले नेपालीको भावनामा चोट पुराएको चोट पु¥याएको उल्लेख छ ।
न्यूनतम पेशागत मर्यादा पनि कायम नगरेको घृणाजनक अभिव्यक्तिले नेपाल र नेपालीको अपमान गर्ने र नियतवश सुरु गरिएका त्यस्ता अभियानले दुई देशबीचको सम्बन्धमा समेत खलल पु¥याने नोटमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस