वीरगञ्ज, असार २९ –
लागुऔषध मुद्धामा पक्राउ परेकालाई छुटाइदिन्छु भनेर रकम मोलमोलाइ गरेको आरोपमा प्रहरीले बाराका पत्रकार भैयाराम साहलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार हिरासतमा रहेका लागुऔषध कारोवारी व्यक्तिलाई छुटाई दिन्छु भन्दै आफन्तसँग मोटो रकम माग गरेको र केही रकम समेत लिइसकेको रेर्कड फेला परेपछि सोही रेर्कडको आधारमा पत्रकार साहलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका साहलाई अदालतबाट १० दिनको म्याद लिई अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरी प्रवक्ता गौतम मिश्रले बताए ।
प्रतिक्रिया दिनुहोस