काठमाडौं, असार २९ –
काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना गरी सोमबार ९ जना संक्रमित भएका हुन् ।
काठमाडौं उपत्यकासहित पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस