काठमाडौं, असार २९ –
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले अनलाइन सञ्चारमाध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक रहेको बताएका छन् । सोमबार सूचना तथा प्रशारण विभागले प्रकाशन गरेको पुस्तकहरु सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सो कुरा बताएका हुन् ।
अहिले प्रतिदिन एउटा अनलाइन दर्ता हुने गरेको तथ्याङ्कले गुणस्तरभन्दा संख्या मात्रै वृद्धि हुने गरेको मन्त्री खतिवडाको भनाइ छ । त्यस्तै प्रवक्ता खतिवडाले कोरोना संक्रमणका कारण सञ्चार माध्यमहरुमा परेको प्रभावको विषयमा अध्ययन भइरहेको जानकारी दिए ।
साथै, उनले सञ्चार माध्यमलाई सरकारले सक्दो सहयोग गर्ने पनि बताए । बैंकहरुबाट ऋण लिएर सञ्चालन भएका मिडिया हाउसहरुलाई अन्य सेवा क्षेत्रले पाएको जस्तै सुविधा उपलब्ध हुने मन्त्री खतिवडाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस