काठमाडौं, साउन १ –
शिक्षा मन्त्रालयमा पेश गरेको मागहरू सम्बोधन नभएको भन्दै निजी विद्यालयहरूले आजदेखि अनलाइन कक्षाहरू बन्द गर्ने घोषणा गरेका छन् ।
सरकारले निजी विद्यालयको विषयमा कुनै निर्णय गर्न नसकेपछि पठनपाठन ठप्प पार्ने निर्णय गरेको दुई संस्थाका अधिकारीले जनाएका छन् । उनीहरुले असार १ गतेबाट औपचारिक रुपमा अनलाईन र टेलिभिजनबाट सञ्चालन भैरहेको भर्चुअल कक्षा ठप्प पार्ने निर्णय गरेका हुन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्ना माग सम्बोधन नगरेको भन्दै निजी विद्यालयले अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गरेका हुन् ।
प्याब्सन र एनप्याब्सनले साउन १ गतेदेखि विद्यालय खोल्न पाउनुपर्ने, विद्यार्थी भर्ना गर्न पाउनुपर्ने, कोरोनाका कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने, अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर शुल्क लिन पाउनुपर्ने लगायतका माग राखेका थिए ।