समाचार

नेपालमा थप १८६ जना काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १७ हजार ८ सय ४४ पुग्याे

map of nepal

काठमाडौं, साउन ५ –

नेपालमा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । संक्रमितमध्ये हालसम्म ११ हजार ८ सय ६८ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ४० जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस