सुर्खेत, साउन ५ –
सुर्खेतमा ब्रत बसेकी एक महिलाको मृत्यु भएको छ । साउनको सोमबारे ब्रत बसेकी बराहताल गाउँपालिका–४ सिम्लेपानीकी लक्ष्मी शाहीको आज दिउँसो मन्दिरमै मृत्यु भएको हो ।
सोमबार बिहान बराहताल–८ भट्टेघारीमा रहेको अग्नेश्वर शिवालय मन्दिरमा पूजा गर्ने क्रममा ६२ वर्षकी लक्ष्मी शाहीको मन्दिरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस