विश्व/प्रवास

तिब्बत केन्द्र भएर शक्तिशाली भूकम्प, नेपालमा पनि धक्का महशुस

earthquake china

काठमाडौं, साउन ८ –

आज बिहान तिब्बत केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । तिब्बतको समय अनुसार विहान ४ बजेर ७ मिनेटमा ६.६ म्याग्निच्युडको भुकम्प गएको हो ।

भुकम्पको धक्का काठमाडौं उपत्यकालगायत देशको उत्तरी भागहरुमा परेको छ । चाइना अर्थक्वा नेटवर्क सेन्टरले दक्षिणी तिब्बतको सिजाङ क्षेत्रमा केन्द्रबिन्दु भएर भुकम्प गएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

भुकम्पबाट क्षति भए नभएको विवरण आएको छैन । भुकम्पको केन्द्रबिन्दु नेपालबाट नजिकै रहेकाले कम्पनको महशुश भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस