काठमाडौं, साउन ८ –
बाँकेमा रहेको भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाल पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले उनलाई स्रोत नखुलेको १६ लाख १३ हजार रुपैयाँसहित अस्पतालबाट नियन्त्रणमा लिएको शाखा अधिकृत मिनराज थापाले बताए । थापाका अनुसार खनालको कार्यकक्षमा रहेको दराजबाट उक्त रकम बरामद भएको हो ।
विभिन्न फर्म तथा पसलेहरुबाट लिएको कमिसन तथा चेक रकम खनालले आफ्नै कार्यकक्षमा राखेको भन्ने सूचनाको आधारमा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको थापाले बताए ।
प्रतिक्रिया दिनुहोस