समाचार

नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि

map of nepal

काठमाडौं, साउन ९ –

नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र एक व्यक्तिको मृत्यु भएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी  दिएको छ ।

योसँगै  देशभर पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ३७४ पुगेको छ । अहिलेसम्म ४४ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।

मन्त्रालयका अनुसार कोभिड१९ पुष्टि भएका मानिसमध्ये अहिलेसम्म १२ हजार ९४७ रोगमुक्त भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस