काठमाडौं, साउन १५ –
काठमाडौं उपत्यकामा बिहीबार थप ४५ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ४१ भक्तपुरमा २ र ललितपुरमा २ जना गरी ४५ जनामा संक्रमण देखिएको हो । बिहीबार थपिएका ४५ जनासहित उपत्यकामा संक्रमितको संख्या ५३६ पुगेको छ ।
नेपालमा बुधबार देशभर २७४ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितकोे संख्या १९ हजार ५४७ पुगेको छ भने ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस