नेपालमा कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु, मृतक संख्या ५२ पुग्यो

काठमाडौं, साउन १५ –

नेपालमा कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

यस्तै बिहीबार विभिन्न जिल्लामा गरी थप २७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको जम्मा सङ्ख्या १९ हजार ५४७ पुगेको छ ।

एनएमबि न्यूज