Advertisement

काठमाडौं प्रवेशमा फेरि कडाई, साँझ ७ देखि बिहान ७ बजेसम्म प्रवेश निषेध !

काठमाडौं, साउन १५ –

पछिल्लो समय काठमाडौं उपत्यका प्रवेश गरेका धेरै जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि गृहमन्त्रालयले यहाँ प्रवेश गर्ने नाकामा कडाई गरेको छ ।

गृहमन्त्रालयले देशका विभिन्न स्थानबाट काठमाडौं आउने यात्रुहरूको उपत्यका प्रवेश नाकामा परीक्षण गर्दा ठूलो संख्यामा कोरोना पोजिटिभ पाइएको जनाएको छ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी आजैदेखि लागु हुनेगरी प्रत्येक दिन साँझ ७ बजेदेखि विहान ७ बजेसम्म काठमाडौं उपत्यकामा यात्रुहरूको आवागमन बन्द गरिएको जानकारी दिएको छ।

काठमाडौं उपत्यका बाहेकका जिल्लामा पनि अत्यावश्यक कामबाहेक अन्तरजिल्ला सवारी आवागमन  पास जारी नगर्न र बिना पास अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न समेत निर्देशन जारी गरिएको छ ।

हेर्नुहोस् गृह मन्त्रालयको सूचना