समाचार

‘चेक बाउन्स’मा दोषी ठहर भएका दुई जना पक्राउ

cheque bounce arrested 2 people

काठमाडौं,

चेक बाउन्स गरी बैंकिङ कसुर गरेको मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रहरीले नयाँबजार बस्ने ५५ वर्षीय राजमान सुनार र धर्मस्थली बस्ने ४१ वर्षीय विश्वमर्दन बस्नेतलाई पक्राउ गरेको हो ।

दीपककुमार विश्वकर्माको जाहेरीले सुनारलाई उच्च अदालत पाटले बैंकिङ कसुरमा गत फागुन २१ गते ५ दिन कैद र १४ लाख ६९ हजार ६ सय ४० जरिवानाको फैसला  सुनाएको थियो । त्यसयता उनी फरार हुँदै आएका थिए ।

त्यसैगरी वीरबहादुर गोलेको जाहेरीले श्रेष्ठलाई उच्च अदालत पाटनले गत फागुन १८ गते ५ दिन कैद र १३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनीहरुलाई लुकिछिप बसेको अवस्थामा काठमाडौंबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सिआइबीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस