समाचार

उपत्यकामा कोरोना संक्रमित ह्वात्तै बढे, ५४ जनामा संक्रमण पुष्टि

covid 19 swab test

काठमाडौं,

काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको बताए ।

नेपालमा कोरोना संक्रमण बढेसँगै उपत्यकामा पनि संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ । कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न, अनावश्यकरुपमा घर बाहिर नजान र अनिवार्य मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ।

यस्तै सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो छ । मन्त्रालयका अनुसार सोमबार थप २६४ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसहित कोरोना जित्नेको संख्या ६ हजार ८११ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस