काठमाडौं, असार २३ –
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।
भेटवार्ताका लागि राजदूत होउ मंगलबार बिहान खनाल निवास डल्लु पुगेकी थिइन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो । कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ ।
पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक विवाद चुलिएको बेला चिनियाँ राजदूत यान्छीले आफ्नो सक्रियता बढाएकी हुन् । यसअघि आइतबार साँझ नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी थिइन् ।
नेता नेपाललाई भेटेको दोस्रो दिन नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि सारिएको थियो ।
प्रतिक्रिया दिनुहोस