काठमाडौं, असार २३ –
नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ ।
सोमबार प्रतितोला ९० हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आत बढेर प्रतितोला ९० हजार ९ सय रुप्रैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ४६० रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ९५० रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस