बुटवल, असार २३ –
रुपन्देहीमा मोटरसाईकल दूर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
रुपन्देहीको मायादेवी गाउँपालिका–५ मकरीस्थित भित्री सडक खण्डमा मझगावाबाट भैरहवातर्फ जाँदै गरेको लु ३४ प ३४२५ नं. को मोटरसाईकल दुर्घटना हुँदा सियारी गाउँपालिका ४ निवासी ३३ वर्षीय रिजमान अहमद मुसमानको मृत्यु भएको हो ।
मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदाँ गम्भीर घाइते भएका मुसमानको भैरहवाको भिम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस