जनकपुरधाम, साउन १९ –
सर्लाहीमा श्रीमानले चलाएको मोटरसाइकलबाट खसेर श्रीमतीको मृत्यु भएको छ ।
सर्लाहीको हरिपुर नगरपालिका–४ हरैया स्थित मलंगवा–नवलपुर सडकखण्डमा हरैयाबाट मलंगवा तर्फ आउँदै गरेको बा ९ प ९९३५ नं को मोटरसाइकलमा पछाडी सवार ४० वर्षीया सन्जुदेवी यादवको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मोटरसाइकलको पछाडिबाट खस्दा उनी गम्भीर घाइते भएको थिइन् । घाइते सन्जुलाई उपचारका लागि वीरगंज पठाउने क्रममा उनको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस