जनकपुरधाम, साउन १९ –
प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार मुख्यमन्त्री कार्यालयका एकजना अधिकृत, एकजना ट्राफिक प्रहरी, २ सवारी चालक र २ जना कार्यालयकै अन्य कर्मचारी गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
प्रादेशिक अस्पताल जनकपुरधामका दुई जना चिकित्सकसहित १६ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सह-निर्देशक विजय झाले जानकारी दिए ।
त्यस्तै, प्रादेशिक प्रयोगशालाका २ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस