काठमाडौं, साउन १९ –
पोल्यान्ड पठाइदिन्छु भनी १७ लाख रुपैयाँ ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
चितवनका विभिन्न व्यक्तिसँग पोल्यान्ड पठाइदिने भन्दै ठूलो रकम लिने चितवनकी ४० वर्षीय कमलाकुमारी थापालाई महानगरीय अपराध महाशाखाले आज पक्राउ गरेको हो ।
विभिन्न प्रलोभनमा पारेर लक्ष्मी देवकोटासमेतका व्यक्तिसँग ठूलो रकम लिएको उजुरीका आधारमा थापालाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरिएको महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
पक्राउ परेकी थापालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस