सर्लाही, साउन २० –
कोरोना संक्रमण बढेपछि सर्लाहीमा बुधबारदेखि एक साता निषेधाज्ञा जारी गरिएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मंगलबार सूचना जारी गर्दै कडा निषेधाज्ञा लागू गरिएको जानकारी दिएका छन् । अनुमति प्राप्त सवारीसाधनबाहेक केही पनि चलाउन नपाउने उल्लेख छ । आवश्यक कामबाहेक घरबाहिर निस्कनसमेत रोक लगाइएको छ ।
औषधि पसल, उपभोग्य खाद्यवस्तु, पेट्रोल पम्पबाहेक अन्य पसल र हाट बजार नलगाउन निर्देश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस