संखुवासभा, साउन २० –
संखुवासभाको खाँदबारी नगरपालिका-१ को एक होटलमा जुवा खेलिरहेको अवस्थामा वडा सदस्यसहित चार जना पक्राउ परेका छन् । खाँदबारीको वान्समोरमा होटलमा तास खेलिरहेका वडा सदस्यसहित चार जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए ।
प्रहरीले बिशेष सूचनाको आधारमा चिचिला गाउपालिका–३ वडा सदस्य आशिस राई, मकालु गाउँपालिका–१ का लाक्पा शेर्पा, चैनपुर नगरपालिका–२ मिङ्मा शेर्पा र होटल सञ्चालक सुनिल कुमार श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरुको साथबाट नगद ४४ हजार दुई सय पाँचसहित पक्राउ गरेको जनाएको छ ।
उनीहरु चारै जनालाई जुवाजन्य मुद्दामा सात दिन म्याद थप भई जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट आवश्यक अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस