काठमाडौं, साउन २१ –
सरकारले भोलिदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्नमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर भोलिदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीका अनुसार काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी कोरोना संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको उनले बताए । उनले भने, ‘अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।’
सरकारले बिहीबारबाटै लागू हुने गरी काठमाडौं उपत्यका सहितका २ सयभन्दा बढी संक्रमित भएका जिल्लाहरुमा जोर विजोर प्रणाली लागू गर्ने पनि निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस