सिरहा, साउन २३ –
सिरहाका एकजना कोरोना संक्रमित युवकको बिहीबार राति उपचारका क्रममा ज्यान गएको छ । सिरहाको गोलबजारका २१ वर्षीय युवकको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार मिर्गाैला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका थिए । प्रजिअ कणेलका अनुसार केही दिन अगाडि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शवलाई ल्याएर सिरहामै व्यवस्थापन गरिने छ ।
उनको कन्ट्याक्ट ट्रेसिङ्गमा आएका परिवारका चार जनालाई क्वारेन्टिनमा राखिएको कणेलले बताए ।
प्रतिक्रिया दिनुहोस