काठमाडौं, साउन २४ –
वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका गायक महतले आफु र पत्नी दुबैलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।
उनले सचेतना अपनाउँदा अपनाउँदै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् । आफूहरु आफ्नै घरको अलग अलग कोठामा आइसोलेसनमा बसेको र छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा रहेको बताएका छन् ।
उनले कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन पनि विशेष आग्रह गरेका छन् । साथै संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस