ताप्लेजुङ, साउन २४ –
ताप्लेजुङमा आफ्नै दाजुको हत्या गरेको अभियोगमा भाइ र भतिजीलाई प्रहरीले पक्राउ गरेको छ ।
मेरिङ्देन गाउँपालिका– ५ थुकिमाका ६२ बर्षीय फुर्वा ग्याबे शेर्पाको हत्या अभियोगमा मृतकका कान्छा भाई पेम्बा शेर्पा र नाताले भतिजी पर्ने पाशाङ ल्हामु शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै गोठमा मृत अवस्थामा भेटिएका फुर्वाको हत्या शंकामा साउन १९ मा उनीहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा आफूहरुले नै हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।
अदालतबाट म्याद थप गरि ज्यान सम्बन्धि कसुर मुद्धामा अनुसन्धान थालिएको श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस