काठमाडौं, साउन २४ –
नेपालमा शनिबार थप ३७८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । संक्रमितमध्ये १६ हजार ३१३ जना निको भएर डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै ४९९ जना निको भएर डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस