समाचार

गोंगबु गणेशस्थानमा फेलापरेको शवको पहिचान खुल्यो

Krishna bahadur bohora

२६ साउन, काठमाडौं । काठमाडौंको गोंगबु गणेशस्थानमा सुटकेसमा फेला परेको शवको पहिचान खुलेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार टाउको काटेर फालिएका ती व्यक्ति दाङका कृष्णबहादुर बोहोरा रहेको र उनले नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ ।

टाउको काटेर सुटकेसभित्र शव राखिएको अवस्थामा फेला परेका उनको पहिचान नभएपछि प्रहरीले तस्बिर सार्वजनिक गरेको थियो ।

बोहोराको टाउको सुटकेश भन्दा केही पर फेला परेको थियो । सुटेकशमा शव भेटिए पनि टाउको खोज्‍न प्रहरीलाई कठिन भएको थियो । उक्त टाउको प्रहरीकै एउटा तालिमप्राप्त कुकुरले भेट्टाएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस