२६ साउन, काठमाडौं । त्रिभुवन विश्व विद्यालयले भदौ दोस्रो हप्तादेखि सञ्चालन हुने भनिएका व्यवस्थापन संकाय स्नातक र स्नातकोत्तर तहका परीक्षा पुनः स्थगित भएका छन् ।
कोरोना संक्रमण दरमा वृद्धि भएसँगै स्नातक तथा स्नातकोत्तर तहका विविध कार्यक्रम तथा सत्रका सत्रान्त परीक्षाहरू स्थगित गरिएका हुन् । यसअघि साउन ९ गते भदौको दोस्रो सातादेखि परीक्षा सञ्चालन हुने भन्दै सूचना प्रकाशित गरिएको थियो ।
त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयले आज सूचना जारी गर्दै कोभिड-१९ को महामारी बढिरहेको र विभिन्न जिल्लामा निषेधाज्ञासमेत जारी भएकोले सम्पूर्ण परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस