२६ साउन, काठमाडौं । आइतबार गोङ्गबुमा कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ ।
आइतबार बिहान दाङका कृष्णबहादुर बोहराको शव टाउको र खुट्टा एकतिर र शरीर अर्कोतिर फेलापरेको थियो । सो हत्याको आरोपमा प्रहरीले चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरेको हो ।
उनलाई प्रहरीले काठमाडौं ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस