२७ साउन, काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था ‘गम्भीर’ बनेको छ ।
पूर्वराष्ट्रपति मुखर्जीलाई यही साेमबार काेराेना सङ्क्रमण भएको पुष्टि भएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो ।
८४ वर्षीय मुखर्जी मस्तिष्कमा जमेको रगत हटाउन शल्यक्रिया गर्नको लागि अस्पताल गएका थिए । शल्यक्रियाअघि परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण देखिएको हो ।
यसअघि भारतका गृह मन्त्री अमित शाहलाई पनि काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस