२७ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा मंगलवार थप १३४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।
नयाँ संक्रमितमा काठमाडौंका ११० जना, ललितपुरका १४ जना र भक्तपुरका १० जना रहेको छन् । योसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस