२९ साउन, पर्सा । पर्सामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार साँझ गरिएको पीसीआर परीक्षणमा १० महिलासहित ३५ जना संक्रमित थपिएको नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिए ।
संक्रमण पुष्टि हुनेमा ७ वर्षदेखि ६२ वर्ष उमेर समूहका व्यक्ति छन् । तीमध्ये बाराका एक जना र बाँकी पर्साका रहेको डा. उपाध्यायले बताए । योसँगै पर्सामा मात्र संक्रमितको संख्या एक हजार १४४ पुगेको छ भने १८ जनाको मृत्यु भएको छ ।
पछिल्ला दिनहरुमा वीरगंज कोरोना संक्रमित मध्ये जोखिम क्षेत्रमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस