२९ साउन, काठमाडौं । नेपाली बजारमा सुन आज फेरि बढेको छ । बुधबार एकै दिन ६ हजार २ सयले घट्दै प्रतितोला ९५ हजार ४०० मा कारोबार भएको सुन आज भने २ हजार ४ सयले बढेर पुनः उकालो लागेको छ ।
सुनको आजको मूल्य ९७ हजार ८ सय छ । यस्तै तेजावी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२१० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य बिहीबार १२९५ रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस