समाचार

कीर्तिपुरको बल्खु खोलामा एक पुरूषको शव फेला

kritipur dead body

३२ साउन, काठमाडौं । राजधानीको तीनथाना, कलङ्कीमा एक व्यक्तिको शव पानीमा डुबेको अवस्थामा फेला परेको छ ।

आइतबार बिहान कीर्तिपुर नगरपालिका-२ मक्वाचाबाट चन्द्रागिरी नगरपालिका-१५ नैकाप जाने झुलुङ्गे पुलमुनि अन्दाजी ५० वर्षीय पुरुषको शव भेटिएको काठमाडौं प्रहरी परिसर प्रवक्ता सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

मृतकको सनाखत हुन सकेको छैन ।

अहिले शव पोष्टमर्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ । हत्या हो की आत्महत्या हो भन्ने सम्बन्धमा पनि अनुसन्धान भइरहेको एसपी राठोरले जानकारी दिए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस