३२ साउन, काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डीजेल र मटितेलको मूल्य फेरि बढाएको छ ।
पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक-एक रुपैयाँ बढाएको हो ।
यससँगै काठमाडाैंमा पेट्राेलकाे भाउ १०५ रुपैयाँ कायम भएकाे छ । त्यस्तै डिजेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर ९१ रुपैयाँ कायम भएकाे छ । निगमले १५ दिन अघि मात्र पेट्राेलिमय पदार्थकाे मूल्य २ रुपैयाँले बढाएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस