१ भदौ, काठमाडौं । कोरोनाबाट संक्रमित भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको मृत्यु भएको छ ।
पूर्व भारतीय क्रिकेटसमेत रहेका चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री थिए । ७२ वर्षीय चौहानको मृत्यु भएको उनका भाइ पुष्पेन्द्रले पुष्टि गरेका छन् ।
गत १९ जुलाईका दिन कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनले सैनिक कल्याण तथा नागरिक सरक्षा मन्त्रालयको पनि कार्यभार सम्हालेका थिए । कोरोना पोजेटिभ पाइएपछि उनलाई लखनऊको एसजीपीजीआईमा भर्ना गरिएको थियो ।
सोही क्रममा उनको मिर्गौला र उच्चरक्तचापको समस्या देखिएको थियो । अवस्थामा सुधार नभएपछि उनलाई मेदान्ता अस्पताल भर्ना गरिएको थियो ।
यसअघि उत्तर प्रदेशकी मन्त्री कमलारानी वरुणको पनि कोरोनाका कारण मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस