१ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंका १ सय ३९, ललितपुरका १५ जना र भक्तपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । संक्रमितमध्ये १७ हजार ४९५ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १०७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस