२ भदौ, कैलाली । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बाढी पहिरो प्रभावित क्षेत्र बाजुरा पुगेका छन् ।
साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढीले बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका र बुढीगंगा नगरपालिकाका नदी छेउका बासिन्दा घरविहीन भएपछि सो क्षेत्रको अनुगमनका लागि गृहमन्त्री थापासहितको टोली आज बाजुरा पुगेको हो ।
टोलीमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह पनिरहेका छन् ।
उनीहरुको अवस्था बुझ्न र राहत उपलब्ध गराउन गृहमन्त्री थापासहितको टोली बाजुरा पुगेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए । गृहमन्त्रीसहितको टोली साउन २६ गते बाजुरा आउने कार्यक्रम रहे पनि मौसम खराबी हुँदा आउन सकेका थिएनन् ।
मङ्गलबार काठमाडौंबाट जहाजमार्फत सुर्खेत र त्यहाँबाट हेलिकप्टरमार्फत बाजुरा पुगेका हुन् ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।