एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि

२ भदौ, काठमाडौं । नेपालमा थप एक हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप  एक हजार १६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । संक्रमितमध्ये १७ हजार ५८० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ११४  जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज