३ भदौ, काठमाडौं । राष्ट्रिय झन्डा जलाएको गीतसहितको भिडियो सार्वजनिक प्रकरणमा संलग्न गायक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।
राष्ट्रिय झन्डा जलाएको गीतसहितको भिडियो मंगोल ग्याल्ज ली एन्ड एटीएमको शब्द तथा स्वर रहेको र्याप मंगोल होप अफिसियल नामक च्यानलमार्फत सार्वजनिक गरिएको थियो । गायकसँगै ६ जना पनि पक्राउ परेका छन् ।
पक्राउ गरिएका उनीहरुलाई कानुनी कारवाही गरिने बताएको छ । सोमबार युट्युबमा अपलोड गरिएको सो भिडियो मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा खिचिएको बताइएको छ भने सामाजिक सञ्जाल र मिडियामा तिब्ररुपमा प्रतिवाद भएको थियो ।
‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो । गीतमा देशविरोधी आपत्तिजनक शब्दहरु प्रयोग गरिएको छ । म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य समेत समावेश गरिएको छ ।
युट्युबबाट सो भिडियो भने अझै हटाइएको छैन ।