समाचार

राष्ट्रकवि घिमिरेको पशुपतिमा अन्तिम बिदाइ (तस्बिरहरू)

madhav ghimire

३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा बुधबार अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए । उनको पार्थिव शरीरमा नेपाली सेना र सशस्त्र प्रहरीले अन्तिम सलामी अर्पण गरेका थिए ।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै उनलाई अक्सिजन दिएर राखिएको थियो ।

madhav ghimire 1 madhav ghimire 2 madhav ghimire 3 madhav ghimire 4

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस