३ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट काठमाडौं र बर्दिया एक–एक जना पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीमा एक–एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस