समाचार

रुपन्देहीमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण

covid 19 test positive

३ भदौ, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एकै परिवारका ८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा कार्यरत एक जना वरिष्ठ कर्मचारीको परिवारका ८ जनालाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि परिवारको समेत स्वाब संकलन गरिएको थियो । त्यसमा ७ जनामा कोरोना देखिएको हो । राति ९ बजेको नतिजामा संक्रमण पुष्टि भएपछि उनीहरुलाई तत्काल खबर गरिएको थियो । उनीहरु सिद्धार्थनगर ८ स्थित आफ्नै घरमा छन् ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । रूपन्देहीमा मंगलबार मात्रै ५५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय, रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस