४ भदौ, काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका थप ६ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निधन हुनेमा दुई महिला र चार पुरुष छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंकी १ महिला, मकवानपुरका १ पुरुष, सप्तरीका १ पुरुष र पर्साका १ महिला र २ पुरुषको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस