कोरोना संक्रमणबाट नेपालमा एकैदिन ११ जनाको मृत्यु

५ भदौ, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना भाइरसको संक्रमणबाट एक महिला र १० पुरुषको मृत्यु भएको हो ।

प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट  मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानमा एक महिलासहित ११ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

एनएमबि न्यूज