७ भदौ, नवलपरासी । पश्चिम नवलपरासीमा जिल्ला प्रशासन कार्यालयले चार दिन निषेधाज्ञा थपेको छ । भदौ ६ गतेसम्म निषेधाज्ञा जारी गरेको प्रशासनले भदौ १० गतेसम्म निषेधाज्ञा थपेको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले भदौ ६ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।
निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार, सामुहिक जमघट गर्न र अनावश्यक रुपमा हिंडडुल गर्न पाइने छैन ।
सुरक्षा समितिको बैठकले निषेधाज्ञामा सरकारी एवं बैंक तथा वित्तिय संस्थामा विद्युतीय सेवाबाहेक सर्वसाधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस