समाचार

चितवनमा बालिकासहित थप १२ जनामा कोरोना पुष्टि

covid 19 test positive

८ भदौ, चितवन । चितवनमा पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ७ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको डा. नीतु अधिकारीले जानकारी दिइन् ।

संक्रमितहरु सबै भरतपुर महानगरपालिकाका हुन् । महानगरपालिकाका वडा नं., ७, ९, १०, ११ र १२ मा संक्रमितहरु फेला परेका हुन् ।

उनीहरुको भरतपुर महानगरपालिकाका क्वारेन्टिन र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो । चितवनमा कोरोना संक्रमितको संख्या ३६४ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस